पोखरा,१५ कार्तिक २०८१।
लमजुङमा वलात्कारको आरोप लागेर भागेका एक युवा पोखराबाट पकराउ परेका छन्। बालिका बलात्कार गरेको आरोप लागेर भागेका लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. २ बस्ने २५ वर्षीय भक्तबहादुर गुरुङ पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौंडाबाट पक्राउ परेका हुन्।
अभियुक्त गुरुङले गत वर्ष फागुन २४ गते आफ्नै गाउँकी १२ वर्षीया बालिकालाई बलात्कार गरेर भागेको प्रहरीले आरोप लगाएको छ। पोखराको तल्लो गगनगौडामा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्त गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिई गएका प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त गुरुङबिरुद्ध लमजुङ जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुमति लिएर अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ। ।