साफको उपविजेता नेपाली महिला टोलीलाई काठमाडौँ महानगरले दियो २५ लाख

साफको उपविजेता नेपाली महिला टोलीलाई काठमाडौँ महानगरले दियो २५ लाख


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ कार्तिक २०८१
  • 3K
    Shares

पोखरा,१५ कार्तिक २०८१।

काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्।

‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ! सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेता र राजनीतिले टुक्राएको देशलाई सधैँ यसरीनै जोड्ने काम गरिराख्नु होला!’

बुधबार साँझ भएको साफको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार