२९ जना सवार बसमा एक्कासी आगलागी : यात्रुको भागाभाग, सामान सवै नष्ट (भिडियो

२९ जना सवार बसमा एक्कासी आगलागी : यात्रुको भागाभाग, सामान सवै नष्ट (भिडियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ कार्तिक २०८१
  • 10.3K
    Shares

पोखरा,१५ कार्तिक २०८१।

नेपालगन्जदेखि दार्मा गाउँपालिकाको फारुला जाँदै गरेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको छ।

सल्यानको बाग्चौर नगरपालिका–१ चोरखोला नजिकै पुगेपछि भे १ ख ३७५० नम्बरको फोर्स गाडीमा आगलागी भएको हो। २९ जना यात्रु रहेको बसमा आगलागी भएपछि यात्रुहरुको भागाभाग भएको थियो।

थारमारेबाट प्रहरी टोली घटनास्थल गइसकेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर रेसमबहादुर खत्रीका अनुसार तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ। गाडी जलेपछि यात्रुहरुका सबै सामग्री जलेर नष्ट भएको र थप जानकारी आउन बाँकी रहेको उनले वताए।

अहित)

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260