बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक तामाङले दिए राजीनामा

बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक तामाङले दिए राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ कार्तिक २०८१
  • 7.7K
    Shares

प्रशिक्षक राजेन्द्र तामाङ, महिला फुटबल टिम

पोखरा,१५ कार्तिक २०८१।

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। उनले हारको जिम्मेवारी लिँदै प्रशिक्षक पदबाट राजीनामा दिएका हुन्।

बुधबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालले बंगलादेशसँग दुई एक गोलको हार बेहोरेको थियो। यससँगै नेपाल साफको छैटौं फाइनल र अन्तर्राष्ट्रिय फुटबलको बाह्रौं फाइनलमा पराजित भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार