शारीरिक तथा मानसिक अपाङ्ग भएकी महिला वलात्कार गर्ने युवा गोरखाबाट पक्राउ

शारीरिक तथा मानसिक अपाङ्ग भएकी महिला वलात्कार गर्ने युवा गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ कार्तिक २०८१
  • 4.3K
    Shares

वालात्कारको आरोप लागेका गोर्खाका सुनिल परियार

पोखरा,१३ कार्तिक २०८१।

शारीरिक तथा मानसिक अपाङ्ग भएकी महिलालाई वलात्कार गरेको आरोपमा गोरखाबाट एक जना युवा पक्राउ परेका छन्।

गोरखा नगरपालिका वडा नं.१४ बस्ने २७ वर्षीय सुनिल परियार शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

अभियुक्त परियारले गएको असोज २७ गते दिउसो मध्यान्ह १२ बजे ती शारीरिक तथा मानसिक अपाङ्ग भएकी महिलालाई फकाई फुलाई गरेर स्थानीय जङ्गलमा लगेर जबरजस्ती गरेको आरोप प्रहरीले लगाएको छ।

हाल जिल्ला प्रहरी कार्यालय गोर्खाको हिरासतमा रहेका अभियुक्त परियारबिरुद्ध गोरखा जिल्ला अदालतमा जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार