कपिलवस्तुमा स्कुलबस र मोटरसाइकल ठोक्कियो : दुई जनाको मृत्यु

कपिलवस्तुमा स्कुलबस र मोटरसाइकल ठोक्कियो : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ कार्तिक २०८१
  • 6K
    Shares

पोखरा,१२ कार्तिक २०८१।

कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटर साइकल मङ्गलवार दिउँसो बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ पुरेनामा एक आपसमा ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

घाइते भएका थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल पुराइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार