तनहुँका युवा चितवन मेडिकल कलेजको शौचालयमा मृत भेटिए

तनहुँका युवा चितवन मेडिकल कलेजको शौचालयमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ कार्तिक २०८१
  • 9.4K
    Shares

चितवन मेडिकल कलेज

पोखरा,११ कार्तिक २०८१।

तनहुँका एक युवा भरतपुरस्थित चितवन मेडिकल कलेजको शौचालयमा मृत भेटिएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं–१ निवासी २८ वर्षीय विकाश नेपाली शनिबार मध्यराति १२ः२० बजे चितवन मेडिकल कलेजको शौचालयमा मृत भेटिएका हुन्।

शौचालयमा मृत भेटिएका नेपालीको साथबाट डाइजेपाम एक एम्पुल, फेनरागन एक एम्पुल, डियुनुर्फिन एक एम्पुल र सिरिन्ज एक थानसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले शवको मुचुल्कापश्चात पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार