पोखरा,११ कार्तिक २०८१।
बोलेरो गाडीको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर २९ लेखनाथस्थित आदर्श चोकमा गएराति बोलेरोको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको हो ।
तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको ग ३ च ४७५७ नम्बरको बोलेरोले गएराति पोखरा महानगरपालिका–२९ आदर्श चोकमा पैदलयात्रीलाई ठक्कर दिँदा सर्लाही घर भई पोखरा–२९ बस्ने ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।