संखुवासभामा महिलाद्वारा आफ्नै छिमेकीको खुकुरीले हानेर हत्या

संखुवासभामा महिलाद्वारा आफ्नै छिमेकीको खुकुरीले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ कार्तिक २०८१
  • 6K
    Shares

छिमेकीको हत्या आरोपी दुर्गामाया गुरुङ

पोखरा,११ कार्तिक २०८१।

संखुवासभामा एक महिलाले आफ्नै छिमेकीको खुकुरी प्रहार गरी हत्या गरेकी छिन्।

जिल्लाको चिचिला गाउँपालिका वडा नम्बर ४ मत्स्यपोखरीकी दुर्गामाया गुरुङले आफ्नै छिमेकी भीमबहादुर गुरुङको खुकुरीले हानेर हत्या गरेकी हुन्।

अभियुक्त दुर्गामायाले सामान्य विवादका क्रममा छिमेकी भीमबहादुरलाई धारिलो खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उक्त हत्याको खबर स्थानीयले प्रहरीमा गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई पक्राउ गरेको बताइएको छ ।
उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार