पोखरामा मध्यराती बिजुलीको पोलमा मोटरसाइकल ठोक्किंदा स्याङजाका युवाको मृत्यु

पोखरामा मध्यराती बिजुलीको पोलमा मोटरसाइकल ठोक्किंदा स्याङजाका युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ कार्तिक २०८१
  • 26.1K
    Shares

पोखरा नागढुंगामा मोटरसाइकल दुर्घटना

पोखरा,११ कार्तिक २०८१।

मध्यराती बिजुलीको पोलमा मोटरसाइकल ठोक्किंदा स्याङजाका युवाको पोखरामा मृत्यु भएको छ। लु८०प २९७० नम्बरको मोटरसाइकल पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गास्थित बिजुलीको पोलमा ठोक्किंदा स्याङजाका युवाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १४ घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने २५ वर्षीय जीवन भन्ने जब्बरसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा गम्भीर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार