पोखरा,९ कार्तिक २०८१।
धरानबाट युट्यूबर नयन्द्र कुमार राई पक्राउ परेका छन्। धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले युट्यूबर राईलाई पक्राउ गरेको हो ।
खोटाङको हलेसीतुवाचुङ नगरपालिका -८ घर भई सुनसरी धरान बस्ने ४२ वर्षीय राईलाई धरानबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाकारी दिएको छ ।
राईले सामाजिक सञ्जाल युट्यूब लगायत डिजिटल प्लेटफर्महरूबाट धार्मिक सहिष्णुतामाथि आघात पुर्याउने, घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको प्रहरीको आरोप छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।