सशस्त्रको कार्यालय बाहिर पिङ खेल्न गएका दुई बालिका बलात्कृत, दुई सहायक हवल्दार पक्राउ

सशस्त्रको कार्यालय बाहिर पिङ खेल्न गएका दुई बालिका बलात्कृत, दुई सहायक हवल्दार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ कार्तिक २०८१
  • 11.9K
    Shares

पोखरा,८ कार्तिक २०८१।

दाङमा दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन्।

उनीहरूमाथि गत असोज २४ गते सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर आठ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएपछि स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए। बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका थिए।

आरोप लागेका दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए। उनले घटनाबारे थप अनुसन्धान सुरु भएको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार