झापामा जग्गा सम्बन्धि बिबादमा झडप : एक युवाको मृत्यु

झापामा जग्गा सम्बन्धि बिबादमा झडप : एक युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ कार्तिक २०८१
  • 2.9K
    Shares

पोखरा,७ कार्तिक २०८१।

झापाको दमकमा जग्गा सम्बन्धी विवादमा ग्याङ फाईट हुँदा बुधबार साँझ एक युवकको मृत्यु भएको छ।

उक्त ग्याङ फाइटमा दमक नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको हो।

प्रहरीका अनुसार, दमक–३ स्थित घडेरीको विषयमा विवाद हुँदा भएको झडपमा निरौला गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि आम्दा अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दमक–३ का वडाध्यक्ष नवीन बरालले जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट भएको बताए। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले वताए।

प्रतिक्रिया
सम्बन्धित समाचार