टोपीमा लुकाएको लागू औषधसहित म्याग्दीका एक जोडी पोखरामा पक्राउ

टोपीमा लुकाएको लागू औषधसहित म्याग्दीका एक जोडी पोखरामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ कार्तिक २०८१
  • 6K
    Shares

पोखरा,६ कार्तिक २०८१।

लागू औषध कारोबार गरेको आरोपमा म्याग्दीका एक जोडी पोखराबाट पक्राउ परेका छन्।

म्याग्दीको बेनी नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय बलबहादुर विश्वकर्मा र म्याग्दीकै धौलागिरी गा.पा. वडा नं. ४ की ३५ वर्षीया नरकुमारी घर्ति पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा लागू औषध कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार ग २५ प ६५८८ नम्बरको स्कुटरलाई सोमबार दिउसो ४ बजे रोकेर चेकजांच गर्ने क्रममा ऊनीको टोपीमा लुकाइ राखेको अवस्थामा अबैध लागू औषध बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट टोपिमा लुकाई छिपाई राखेको अवस्थाम लागू औषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुविरुद्ध लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार