दशगजा मिचेर भारतीयले खनेको कुलो, नेपालीको दबाबमा पुरियो

दशगजा मिचेर भारतीयले खनेको कुलो, नेपालीको दबाबमा पुरियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ चैत्र २०७३
  • 12.7K
    Shares

नेपाल–भारत सीमाको दशगजा मिचेर एसएसबीको सहयोगमा वनकर्मीले खनेको कुलो नेपाली प्रशासनको दबाबमा पुरिएको छ । मधुवन ५ स्थित सीमा स्तम्भ नम्बर ७५ देखि ७७ को बीचमा एसएसबीको सहयोगमा त्यहाँका वनकर्मीले कुलो खनेका हुन् ।

स्थानीयले दशगजामा नभएर नेपालतर्फको करिब २५ मिटर सीमा अतिक्रमण गरेर कुलो खनेको आरोप लगाएका छन् । घटनाको जानकारी पाउनासाथ सदरमुकाम गुलरियाबाट प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, सशस्त्र प्रहरी उपरीक्षक तारा पन्तलगायत सुरक्षा अधिकारी त्यसतर्फ गएका थिए ।

प्रशासनको दबाबपछि एसएसबी र भारतीय वनकर्मीले कुलो पुरेको प्रजिअ थापाले बताए । स्काभेटरबाट करिब २५ मिटर कुलो खनिएको थियो । दबाबपछि उनीहरूले त्यही स्काभेटरले कुलो पुरेका हुन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले यसअघि नेपाली अधिकारीलाई कुनै जानकारी नदिई गुलरियाको सीमावर्ती मस्जदिया र झगरियापुरलगायत ठाउँमा पनि खाडल खनेर छाडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार