पोखरा,२ कार्तिक २०८१।
३० वर्षदेखि दुर्गम गाउँका नागरिकको स्वास्थ्य सेवामा समर्पित नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ वर्षको उमेरमा निधन भएको छ।
बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत मल्लको बुधबार निधन भएको हो।
मल्लको हृदयघातका कारण निधन भएको बताइएको छ। उनी बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी थिइन्। त्यसपछि हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुगाउनै लाग्दा उनको मृत्यु भएको थियो।
नर्सिङ अधिकृत मल्लले हाल केही समय देखि हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी समाल्दै आएकी थिइन्।