पोखरा ड्यामसाइडको होटल स्याण्डी ब्लुममा तास खेलिरहेका तीन जना महिलासहित छ जना पक्राउ

पोखरा ड्यामसाइडको होटल स्याण्डी ब्लुममा तास खेलिरहेका तीन जना महिलासहित छ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ कार्तिक २०८१
  • 5.3K
    Shares

पोखरा,२ कार्तिक २०८१।

पोखरा महानगरपालिका वडा नमब्र १७ ड्यामसाइडस्थित होटल स्याण्डी ब्लुममा तास खेलिरहेका तीन जना महिलासहित छ जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त होटलको कोठामा तास खेलिरहेको अवस्थामा तीन जना महिलासहित छ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय वर्ष ५३ की शाबित्री गुरुङ पुन, ४९ वर्षीया आइती गुरुङ र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ घर भई पोखरा ७ बस्ने वर्ष ३९ की दुर्गा गुरुङ रहेका छन्। त्यस्तै उक्त होटलको रेखदेखको जिम्मा लिएका स्याङजा गल्याङ नगरपालिका वडा नं. ४ स्थायी घर भएका ३८ वर्षीय नविन थापा, स्याङजा पुतलिबजार नगरपालिका वडा नं.७ स्थायी वतन भई हाल पोखरा १० बस्ने वर्ष ४० का भेष बहादुर गुरुङ र पोखरा १२ बस्ने वर्ष ४३ का शंकर थापा पन सोहि जुवाखालाबात पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुको साथबाट एक लाख ८८ हजार चार सय २६ रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार