श्रीमतीको हत्या गरेर जंगलमा लुकेका झापाका एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरेर जंगलमा लुकेका झापाका एक व्यक्ति पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ असोज २०८१
  • 8.2K
    Shares

पोखरा,२९ असोज २०८१।

श्रीमतीको हत्या गरेर जंगलमा गइ लुकेका झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडाका ४९ वर्षीय वीरबहादुर चौहानलाई प्रहरीले सोमबार दिउसो करीब पौने पांच बजेको समयमा जुकेखाडी जंगलबाट पक्राउ गरेको हो।

अभियुक्त वीरबहादुर चौहानले आफ्नी ३७ वर्षीया श्रीमती मुनाको सोमबार दिउसो पौने तेन बजेतिर धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्यापश्चात भागेको झापा प्रहरीले बताएको छ ।

वीरबहादुरलाई खुदुनाबारी प्रहरी चौकीको टोलीले दिउँसो ४:५५ बजे जुकेखाडी जंगलमा लुकीछिपी हिँड्डुल गरिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया