भाउजुको हत्या गरी सामुदायिक वनको भीरमा लगेर फालेको आरोपमा चितवनको माडीबाट ज्वाईं पक्राउ

भाउजुको हत्या गरी सामुदायिक वनको भीरमा लगेर फालेको आरोपमा चितवनको माडीबाट ज्वाईं पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ असोज २०८१
  • 8.2K
    Shares

पोखरा,२८ असोज २०८१।

भाउजुको हत्या गरी सामुदायिक वनको भीरमा लगेर फाल्ने ज्वाई चितवनमा पक्राउ परेका छन्। माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेर स्थानीय परुई सामुदायिक वनको भिरमा लग्फेर फालेको आरोपमा ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार , असोज १९ गतेदेखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।

घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठूलो रिंङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरु बरामत गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसनधान सुरु गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार