१४ वर्षिया आरती भट्टराई हत्या प्रकरण : आरोपी भण्डारी सार्वजनिक

१४ वर्षिया आरती भट्टराई हत्या प्रकरण : आरोपी भण्डारी सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असोज २०८१
  • 9.5K
    Shares

पोखरा,२७ असोज २०८१।

डडेल्धुरामा मृत भेटिएकी १४ वर्षीया किशोरी आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार अभियुक्त भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसलका संचालक समेत रहेका अभियुक्त भण्डारीले ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको” प्रहरीसमक्ष बयान दिएका छन्।

भण्डारी अबेश्मा आउनुको कारण भने खुली नसकेकी डिएसपी श्रेष्ठले बताए। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको भन्दै बिरोध प्रदर्शन गरिरहेका छन्।

डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताए। ‘जवरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्विकार गरेपछि आवेशमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन,’ उनले भने।

१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट मिलका लागि हिडेकी थिइन्। एक वर्ष अघिदेखि चिनजानमा रहेकी ती किशोरीसंग आफ्नो कुराकानीकै क्रममा आवेशमा आएर पसलभित्रै किशोरीको हत्या गरेको र प्लास्टिकको बोरामा शव हालेर फालिदिएको अभियुक्त भण्डारीले प्रहरीसमक्ष बताएका छन्।

प्रहरीका अनुसार , किशोरी आरती भट्टराइको हत्या गरे पछि भाग्ने क्रममा स्याउलेसम्म पुगेका भण्डारी फर्किएर तुफानडाँडामा पुगेर मदिरा सेवन गरेर घर फर्किएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि आफ्नै पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेका र सोही क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेपछि शव बजार छेउमै फालेर घर गएका डिएसपी श्रेष्ठले बताए।

प्रहरीले घट्नास्थल नजिकै म. १ प १४५४ नम्बरको मोटरसाइकल नालिमा लडेको अवस्थामा फेला पारेको थियो। त्यसैका आधारमा मोटरसाईकलका धनी भण्डारी पक्राउ परेका हुन। प्रहरीका अनुसार शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी राति घटनास्थलमा पुगेका थिए।

उक्त ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई ११ बजे खबर भएको छ । भण्डारीलाई दोस्रो दिन बिहान पक्राउ गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार