लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर (घाइतेहरुको नामबलीसहित)

लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर (घाइतेहरुको नामबलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असोज २०८१
  • 15.8K
    Shares

पोखरा,२७ असोज २०८१।

लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन। सदरमुकाम बेसीशहर आउँदै गरेको ग१ज ८५५१ नम्बरको बोलेरो जिप बेसीशहर नगरपालिका-६ तल्लो मकैडाँडामा आइतबार बिहान ११ः२० बजे दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका हुन्।

दुर्घटनामा परि जिपका चालक बेसीसहर- ६ का ५८ वर्षीय कृष्णबहादुर रिमाल सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घाइतेहरूमध्ये बेसीसहर-७ का ४० वर्षीय राजु रिमाल, बेसीसहर-६ का ४० वर्षीया विमला अधिकारी, ३६ वर्षीय केशव विक, ५ वर्षीय असीम विक, १९ वर्षीया सुमना सेन्चुरी, ४५ वर्षीय राधा रिमाल र ४७ वर्षीया विमला कार्कीको अवस्था मध्यम खालको छ।

बेसीसहर-३, गाउँसहरका ३० वर्षीया सृजना भुजेल, ८ वर्षीय विवश भुजेल, २१ वर्षीय विकास भुजेल, बेसीसहर-६ का २९ वर्षीया सुविसा थापा, २४ वर्षीय राजेस बस्याल, २४ वर्षीया निशा भण्डारी, ३ वर्षीय रियान बस्याल, ३५ वर्षीय भवीश्वर भण्डारी, १६ वर्षका कृतन भण्डारी, १९ वर्षीया सुस्मा रिमाल, ४१ वर्षीय राजेन्द्र रिमाल, १३ वर्षीया सोनिया सेन्चुरी र ४५ वर्षीया राधा रिमालको अवस्था सामान्य छ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिप घुम्तिको ओरालोमा टर्निङ नमिल्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । क्षमताभन्दा बढी यात्रु रहेको जिप घुम्तीको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार