कोहलपुरमा टाउको बिनाको शव भेटियो

कोहलपुरमा टाउको बिनाको शव भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असोज २०८१
  • 8K
    Shares

पोखरा,२७ असोज २०८१।

बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव भेटिएको छ। कोहलपुर नगरपालिका-८ मा स्थानीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव आइतबार बिहान पौने २ बजेतिर भेटिएको हो।

आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

ति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नजिकैको प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले चन्द्रबहादुरको टाउको अझै नभेटिएको जनाउँदै प्रहरी परिचालन गरेर टाउको र हत्यारा दुवैको खोजी भइरहेको बताए ।

प्रहरीका अनुसार घटनास्थलदेखि करिब दुईसय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सिसिटिभी क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले झोलामा हत्या गरिएका चन्द्रबहादुरको टाउको रहेको हुनसक्ने आशङ्का गरेका छन् । राति नै प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय के नाईन शाखा कोहलपुरको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर अनुसन्धान सुरु गरेको थियो । सो घट्नाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार