रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ

रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असोज २०८१
  • 7.4K
    Shares

पोखरा,२७ असोज २०८१।

रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोलसहित देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादवलाई पक्राउ गरेको हो।

दुर्गा मेला चलिरहेका बेला यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिए । बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।

प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार