पोखरा,२७ असोज २०८१।
मानिसमा यौन चाहना उत्पन्न भयो भने ऊ पशु जस्तै हुन्छ भन्ने उदाहरण बनेका छन् खोटाङका एक युवा।
गाईको खुट्टा र घाँटीमा डोरी लगाई गुराँसको बोटमा बाँधेर जबर्जस्ती करणी गरिरहेको अवस्थामा खोटाङको ऐसेलुखर्क –४ जलेश्वरी बस्ने १९ वर्षीय निश्चल दर्नाललाई खोटाङम जिल्ला कारागारको सुरक्षार्थ खटिएको प्रहरीले शनिबार बिहान नौ बजे पक्राउ गरेको छ
दिक्तेल रुपाकोट मझुवागढी–३ स्थित कारागार नजिकको जंगलमा चरिरहेको आफ्नो गाइलाई वलात्कार गरेको देखेपछि मुना खत्रीले कारागार सुरक्षार्थ खटिएको प्रहरीलाई न्खाबर गरेकी थिइन्।
गाईधनीले देखेर खेदाउँदै गर्दा भागेका दर्नाललाई कारागार अगाडिबाट कारागारमा खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।