पोखरा,२५ असोज २०८१।
पोखरामा आज बिहानै स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेस्थित खसीबजार नजिक ग१५प ६०६३ नम्बरको स्कुटर आज न्बिहाना करीब साढे पांच बजेको समयमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर सख्त घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोक निवासी महादेव तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी राजेन्द्र ओलियाले जानकारी दिए।
उक्त स्कुटर चिप्लिएर दुर्घटनाग्रस्त भएको जस्तो देखिए पनि अन्य सवारी साधनले ठक्कर दिएको हो कि भन्ने बारेमा अनुसन्धान भैरहेको एसपी ओलियाले बताए। उक्त दुर्घटना कसरी भएको हो भन्ने बारेमा छ्क्न्बिं गर्ने क्रममा प्रहरीले घटनास्थल वरपर रहेका सिसिटिभी फुटेज खोजि गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।