“राँगाले लखेटेकाले झाडीमा लुकेको छु” भनेका पोखराका युवा स्याङ्जामा मृत भेटिए

“राँगाले लखेटेकाले झाडीमा लुकेको छु” भनेका पोखराका युवा स्याङ्जामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ असोज २०८१
  • 27.2K
    Shares

पोखरा,२४ असोज २०८१।

पोखरामा एक युवाको राँगाले हानेर मृत्यु भएको छ ।

पोखराका ३७ वर्षे धनञ्जय आचार्यको राँगाले हानेर मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका ३७ वर्षीय धनञ्जय आचार्यको राँगाले हानेर मृत्यु भएको हो ।

माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा सहभागी हुन् त्यसतर्फ गएपछि उनी तिनै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोले हानेको बताइएको छ।

राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले मंगलबार दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । पांच बजेपछि उनीसँग फोन सम्पर्क भएको थिएन । राति अबेलासम्म गोठमा नफर्केपछि धनञ्जयको खोजी थालिएको थियो । राति १० बजेतिर पोखराबाट दाजुहरु सुरौदी पुगेका थिए । रातभर खोज्दा पनि नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

धनञ्जयको शव गोठभन्दा करिब डेढ घन्टा परको पैदल दुरीमा क्षतिविक्षत अवस्थामा भेटिएको थियो । माथिल्लो गरामा मोबाइल फोन, त्यो भन्दा तल कोट र तलतिर उनको शव भेटिएको थियो । उनको शव भेटिएको स्थान स्याङ्जामा पर्छ । सुरौदी खोलाले कास्की र स्याङ्जाको सिमाना छुट्याएको छ ।

उनको मंगलबार नै पोस्टमार्टम गरी अन्त्येष्ठि समेत भइसकेको छ । धनञ्जयकी पत्नी गर्भवती रहेको र कात्तिकको पहिलोे साताका लागि डाक्टरले समय दिएको उनका आफन्तले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार