पोखरा,२३ असोज २०८१।
गुल्मीमा आज दिउसो एउटा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप गुल्मीको सत्यवती गाउँपालिका -१, कुडालीमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परेर घाइते भएका १५ जना मध्ये एक जनाको अवस्था गम्भीर र ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारले जानकारी दिए ।
दुर्घटनामा परेका बाग्लुङ बरेङडाँडा गाउँपालिका-३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रसनि सुनारका अनुसार घाइतेहरुलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको छ ।