पोखरा,२२ असोज २०८१।
सयौं युवायुवती तथा बालबालिकाको रोजाई हुने गरेको पोखराको बुद्धचोकमा संचालित द स्केट पार्क प्रालिमा आगलागी हुँदा ध्वस्त भएको छ।
विद्युत सर्ट भई सोमबार राति करिब ८ः२० बजेआगोलागी हुँदा ट्रस तथा जस्ता पाताले बनेको बाँसको टहरोमामा संचालित रहेको द स्केट प्रालि ध्वस्त भएको हो। उक्त प्रालि पोखरा-५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए ।
द स्केट पार्क प्रालिमा आगलागी भएको सुचना पाउना साथ् वडा प्रहरी कार्यालय रामबजार पोखराबाट खटिएको प्रहरी टोलीले स्थानीय जनता र दमकलको सहयोगमा राती नौ बजे आगो निभाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
आगलागीबाट स्केट जुत्ता करिब छसय ५० थान, कम्प्युटर तीन थान, ४३ ईन्चको टिभी, जेनेरेटर, ईनभटर ब्याट्री, सिसिक्यामेरा मनिटरसहित आठथान र केही स्केट जुत्ताका पार्टस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।