तनहुँमा विद्यालय जान लागेका सात वर्षीय बालकलाई ट्याक्टरले ठक्कर दिंदा मृत्यु

तनहुँमा विद्यालय जान लागेका सात वर्षीय बालकलाई ट्याक्टरले ठक्कर दिंदा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ असोज २०८१
  • 9.6K
    Shares

तनहुँमा बालकलाई ठक्कर दिएको ट्याक्टर तस्बिर : टार्जन गुरुंग

पोखरा,२१ असोज २०८१।

तनहुँमा विद्यालय जान लागेका सात वर्षीय बालकलाई ट्याक्टरले ठक्कर दिंदा मृत्यु भएको छ।

व्यास नगरपालिका वडा नं १ गल्वुवेशीस्थित ज्ञानगंगा बोर्डिंग स्कुलमा अध्ययनरत स्थानीय सात वर्षीय बालक सविन कुमाललाई ट्याक्टरले ठक्कर दिंदा मृत्यु भएको हो ।

बालक सबिन कुमाललाई ग१त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँएर घाइते बनाएकोमा तत्काल उद्धार गरी उपचारका लागि दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

उक्त दुर्घटनापश्चात ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार