चितवनमा दुई मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किंदा स्याङ्जाका युवाको निधन, पांच जना घाइते

चितवनमा दुई मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किंदा स्याङ्जाका युवाको निधन, पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ असोज २०८१
  • 46.8K
    Shares

पोखरा,२१ असोज २०८१।

चितवनमा दुई वटा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किंदा स्याङ्जाका एक युवाको निधन भएको छ भने अन्य पांच जना घाइते भएका छन्।

नारायणगढ – जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा स्याङ्जाका युवाको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा स्याङ्जाको आँधिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजे समयमा मृत्यु भएको हो ।

स्कुटरको पछाडी सवार स्याङ्जाको फेदीखोला गाउपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।

त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिए ।

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका–८ नवलराससी ९ वर्दघाट (सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था सामान्य घाइते रहेको र उनीहरुको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार