पोखरा,२१ असोज २०८१।
काठमाण्डौबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित दोलखाकी एक महिला सहित दुई जना पक्राउ परेका छन् ।
दोलखाको बिगु गाउँपालिका ४ घर भई कलंकी बस्ने ३५ वर्षिया साबित्री वली र काठमाडौँ २३ न्यूरोड बस्ने २५ बर्षिय सुरेश वली स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित काठमाण्डौबाट पक्राउ परेका हुन्।
उनीहरुलाई काठमाडौ महानगरपालिका वडा नम्बर १४ कंलकीबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा परिसरबाट खटिएको टोलीले साबित्रीलाई फेला पारेर जाँच गर्दा उनीबाट १५ लाख नगद बरामद भएको एसपी अधिकारीले बताए । उनी सो रकम बैंकमा जम्मा गर्न हिँडेकी थिइन् ।
सोधपुछका क्रममा उनले प्रहरीसमक्ष आफु भारतीय नागरिक रहेको र एक बर्षदेखि न्यूरोडमा काम गर्ने गरेको बताएकी थिइन् । प्रहरीले कार्यालयमा सुरेशलाई फेला पारी थप चार लाख नगद फेला पारेको हो । उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।