मध्यराती अबैध तरीकाले कटपिस ढुङ्गा चोरी निकासी गर्ने ट्रिपर पोखराबाट समातियो

मध्यराती अबैध तरीकाले कटपिस ढुङ्गा चोरी निकासी गर्ने ट्रिपर पोखराबाट समातियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ असोज २०८१
  • 5.1K
    Shares

पोखरा,२१ असोज २०८१।

मध्यराती अबैध तरीकाले कटपिस ढुङ्गा चोरी निकासी गर्ने ट्रिपर पोखराबाट समातिएको छ।

पोखरा महानगरपलिका वडा नं.१६ मध्यम पथ चोकस्थित सडक खण्डबाट शनिबार मध्यराती साढे ११ बजेको समयमा अबैध तरीकाले कटपिस ढुङ्गा चोरी निकासी गरिरहेको अवस्थामा ग १ ख ७२३४ नम्बरको मिनी ट्रिपरलाई प्रहरीले समातेको हो।

उक्त ट्रिपरलाई अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना अनातारागत पर्ने बाट कास्कीको माछापुच्छ्रे गाउँपालिका भुर्जुङखोलाबाट अबैध तरीकाले कटपिस ढुङ्गा लिएर पोखरातर्फ आउंदै गर्दा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले समातेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उक्त मिनि ट्रिपरमा कटपिस ढुङ्गा लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएको हुँदा उक्त कटपिस ढुंगाहरु सहित ट्रिपर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार