पोखरा,२० असोज २०८१।
नवलपरासीमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छ्न् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले शनिबार लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा ठक्कर दिँदा क जनाको मृत्यु भएको हो भने अर्को एक जना घाइते भएका छ्न् ।
उक्त दुर्घटनामा घाइते भएका रुपन्देही जिल्ला तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै सोही दुर्घटनामा मोटरसाइकल पछाडि बसेका विवेक गुरुङ घाइते भएका छ्न् । उनको पनि उपचार जारी रहेको प्राप्त जानकारीमा उल्लेख छ। प्रहरीले माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।