छोराले मुक्का हानेपछि आक्रोशित बाबुले लमजुङमा आफ्नै छोरालाई हँसियाले हानेर हत्या गरिदिए

छोराले मुक्का हानेपछि आक्रोशित बाबुले लमजुङमा आफ्नै छोरालाई हँसियाले हानेर हत्या गरिदिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असोज २०८१
  • 11.4K
    Shares

हत्या

पोखरा,१९ असोज २०८१।

छोराले मुक्का हानेपछि आक्रोशित बाबुले लमजुङमा आफ्नै छोरालाई धारिलो हतियार हँसियाले हानेर हत्या गरि दिएका छन्।

रक्सीले मातेका मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा प्रोबी गाउँका ५७ वर्षिय बुबा सन्तबहादुर तामाङले आफ्नै २७ वर्षिय छोरा सोमबहादुर तामाङको शुक्रबार हँसियाले हानेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, शुक्रबार साँझ ६ बजे आसपासको समयमा बाउछोरा संगै बसेर मदिरा सेवन गरेका थिए। सोही क्रममा दुईबीच भनाभन भएपछि शुरुमा छोराले बाउलाई मुक्का हानेको र त्यसपछि आक्रोशित बाबुले नजिकै रहेको हँसियाले छोराको घांटीमा प्रहार गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।

बाबुले हँसिया प्रहार गरेर गम्भीर घाइते बनाएका सोमबहादुर तामाङलाई तत्काल उपचारको लागि शुक्रबार राती सवा ८ बजेतिर बेंसीशहरस्थित लमजुङ अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो। सोही अस्पतालमा उपचार हुँदाहुँदै शनिबार राती सवा ३ बजेतिर घाइते सोमबहादुर तामाङको मृत्यु भएको खबर प्राप्त भएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताए ।

घटनापछि खुदी प्रहरी चौकीबाट खटिएको प्रहरीले घटनामा संलग्न सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएर बेंसीशहर ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार