काठमाण्डौको गोंगबु बसपार्कस्थित टिकट काउन्टर नजिकैबाट बसको नक्कली टिकट बेच्ने युवा पक्राउ

काठमाण्डौको गोंगबु बसपार्कस्थित टिकट काउन्टर नजिकैबाट बसको नक्कली टिकट बेच्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ असोज २०८१
  • 3.1K
    Shares

पोखरा,१८ असोज २०८१।

नेपाली मात्रको महान चाड दशै र विपदको मौकामा तपाईं ठगिन सक्नुहुन्छ है। ध्यान दिनुस, कतै तपाईंले हातमा लेको बसको टिकट नक्कली त हैन ? नजिकको टिकट काउन्टरमा गएर सुनिश्चित गर्नुस है, त्यो नक्कली टिकट हैन भनेर। नत्र यात्रामा तपाईं झन्झटमा पर्न सक्नुहुन्छ नै , दोहोरो भदा तिर्न पनि हुन् सक्छ है।

हो, दशै र विपदको मौका छोपेर नक्कली बस टिकट बेच्ने एक युवा काठमाण्डौमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका २६ गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिकबाट ३२ वर्षीय यज्ञराज पाण्डेलाई नक्कली टिकट बेचेर यात्री ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त पाण्डेले अवैधानिक रूपमा नक्कल टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारी ठगी गरेको आरोप प्रहरीले लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार