पोखरा,१८ असोज २०८१।
स्याङ्जामा आज बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा आठ जना घाइते भएका छन्।
स्याङ्जा, आधिँखोला गाउँपालिका २ बेझाङ भालेखर्कस्थित भित्री सडकमा आज बिहान ग १ज ५७५६ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा आठ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर स्याङ्जा आँधिखोला गाउँपालिका ५ बस्ने ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाई, अर्जुन चौपारी गाउँपािलका ५ आरुचौर बस्ने ५८ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल, कास्कीको पोखरा महानगरपलिका ११ बस्ने मनिषा नेपाली र निजको छोरी ३ वर्षीय सोफीया नेपाली, पोखरा १७ छोरेपाटन बस्ने १६ वर्षीय अमना नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। घाइते सबैलाई सामान्य चोट लागेको प्रहरीको भनाई छ ।
सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्कस्थित भित्री सडकमा ब्रेक फेल भई टुर्घटना भएको प्रहरीले जनाएको छ।
सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको उक्त जिप बेझाङ भालेखर्कस्थित भित्री सडकमा ब्रेक फेल भई टुर्घटना भएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
