पोखरा,१८ असोज २०८१।
रुपन्देहीमा एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा स्याङ्जाका एक युवा पक्राउ परेका छन्।
भारत दिल्ली घर भएका ३० वर्षीय अज्जु भन्ने मोहम्मद अजहरी खानको हत्या गरेको आरोपमा रुपन्देहीबाट स्याङ्जाका एक युवा पक्राउ परेका हुन्।
भारतीय नागरिक मोहम्मद अजहरी खानको हत्या गरेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१६ मधवलिया बस्दै आएका २४ वर्षीय आशिष भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। अभियुक्त भण्डारीलाई प्रहरीले उनको मधवलियास्थित घरबाटै बुधबार पक्राउ गरेको प्रहरीले ब्वताएको छ।
प्रहरीका अनुसार , अभियुक्त भण्डारीले भारतीय नागरिक मोहम्मद अजहरी खानको धारिलो हतियार प्रहार गरी हत्या गरे पश्चात तिलोत्तमा नगरपालिका वडा नं. १३ मोडहा स्थित धान खेतमा जेब्रा झोला भित्र पोको पारि फालेको अवस्थामा गएको भदौ ३१ गते बिहान करीब साढे ८ बजेको समयमा खानको शब् फेला परेको थियो।
शब् सडेगलेको अवस्थामा भेटिए पछि प्रहरीले पहिचानका लागि स्थानिय टेलिभिजन, पत्र पत्रिका, र सामाजिक सञ्जालमा हुलिया जारी गरेपछि उनका दाजु हैदर अली खानले लुम्बिनी प्रादेशिक अस्पतालमा गई उक्त शव आफ्नो भाई मोहम्मद अजहरी खानको भएको भन्दै सनाखत गरिदिएको प्रहरीले जनाएको छ। त्यसपछि मोहम्मद अजहरी खानको हत्यारा खोजी शुरु गरेको प्रहरीले स्याङ्जाका युवा आशिष भण्डारीलाई उनको मधबलियास्थित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।