पोखरा,१७ असोज २०८१।
मैनबत्ती सल्काएर जर्किनको पेट्रोल ट्याम्पोमा खन्याउने क्रममा आगो सल्किन्दा इलाममा दिदीभाई घाइते भएका छन्।
बुधबार राती मैनबत्ती सल्काएर जर्किनको पेट्रोल ट्याम्पोमा खन्याउने क्रममा आगो सल्किन्दा दिदीभाई फिदिम –४ का ११ वर्षीय बादल र १३ वर्षीय सोनिया पौडेल घाइते भएका हुन्।
घाइते दुवैलाई विराटनगरको न्युरो अस्पताल लगेर भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिए।