मोरङमा ससुराको हत्या गरेर भागेका ज्वाई धनकुटाबाट समातिए

मोरङमा ससुराको हत्या गरेर भागेका ज्वाई धनकुटाबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असोज २०८१
  • 4.2K
    Shares

पोखरा,८ असोज २०८१।

मोरङमा ससुराको हत्या गरेर भागेका ज्वाई धनकुटामा समातिएका छन्।

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोक निवासी ६२ वर्षीय ससुरा चन्द्रबहादुर तामाङको हत्या गरेर भागेका ज्वाइ कानेपोखरी–५ का २९ वर्षीय रविन राईलाई प्रहरीले धनकुटाबाट समातेको हो।

प्रहरीका अनुसार , चन्द्र बहादुर तामाङ मायालु चोकस्थित आफ्नै घरमा गएको असोज ५ गते बिहान मृत भेटिएका थिए। घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको थियो भने घटनामा संलग्न चन्द्रबहादुरका ज्वाइँ कानेपोखरी–५ का २९ वर्षीय रविन राई फरार भएका थिए ।

उनलाई खोज तलासको क्रममा असोज ६ गते धनकुटा मुलघाट भन्ने स्थानमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा र ज्वाइँ बीच मादक पदार्थ सेवन पश्चात विवाद हुँदा धारिलो हतियार फलामको दाउले प्रहार गर्दा ससुरा तामाङको घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार