लोकदोहोरी गायिका टिका सानु किन र कोसंगको मौलाएको सम्बन्ध मास्न चाहन्छिन ?

लोकदोहोरी गायिका टिका सानु किन र कोसंगको मौलाएको सम्बन्ध मास्न चाहन्छिन ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ असोज २०८१
  • 10.2K
    Shares

पोखरा,७ असोज २०८१।

चर्चित लोकदोहोरी गायिका , टेलिसिरियल ‘कथा माइली”की निर्माता निर्देशक एबम कलाकार टिका सानु यतिबेला छ महिना लामो सांगीतिक यात्राका क्रममा संयुक्त अधिराज्य (युके ) भ्रमणमा छिन। सुनगाभा इन्टरटेमेन्टको प्रायोजनमा युके पुगेकी शालीन , सरल र नम्र गायिका टिका सानु यतिबेला युकेका विभिन्न स्थानमा आफ्नो सांगीतिक प्रस्तुतिहरु दिई रहेकी छिन।

उनले दैनिकजसो आफ्नो युके भ्रमणको फोटोहरु सामाजिक संजाल फेसबुकमा अपडेट गर्ने गरेकी छिन। यसैक्रममा आज एकाबिहानै उनले आफ्नो करीब दुई दर्जन फोटो सामाजिक संजाल फेसबुकमा अपडेट गरेकी छिन। उनले ती फोटो संगै “तनाव दिने सम्बन्ध मौलायको भन्दा मासियको राम्रो ।” भनेर क्याप्सन राखेकी छिन्।

उनले आफ्नो सम्बन्ध कोसँग मौलाएको थियो ? त्यो खुलाएकी छैनन्। तर उनका फ्यानहरुले उनको त्यो भनाईलाई सही भन्दै लाइक र कमेन्ट गरेका छन्। लाइक र कमेन्ट गर्ने मध्येका एक बीरेन्द्र बिक्रम शाहीले उनको त्यो स्टाटसमा “अनि भित्र भित्रै सम्बन्ध पनि जोडिसक्नु भएछ त” भनेर कमेन्ट गरेका छन्। तर यसको जवाफ टिका सानुले नदिए पनि अर्का फ्यान हरि ठकुरीले “अनि इलु इलु गर्न परेन त” भनेर जवाफ लेखेका छन्।
अर्का फ्यान सुबास रसाइलीले कमेन्ट गरेका छन्,”सम्बन्धमा अलिअलि तनाब त भैहाल्छ नी समाप्त गर्नुमात्र समाधान पनि होइन होला”
रुपेश पुनाम थापा मगरले अर्को कमेन्टमा लेखेका छन् ,”तेसैले सम्बन्ध गाँस्नु भन्दा अगाडि हजार पटक सोच्नु आबस्यक छ।”

क्र्श्नाबहादुर कृष्णले त “उमेर ले नेटो काटि सको सहि हो,” भनेका छन्। बलराम विश्वकर्माले त “जिन्दगी बिना कोहि साथ कैसे गुजारे यो गित पनि त छ ।” भनेर कमेन्ट गरेका छन्।


प्रतिक्रिया