एशियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत पदक

एशियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत पदक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ असोज २०८१
  • 5K
    Shares

पोखरा,६ असोज २०८१।

स्टार कराते खेलाडी एरिका गुरूङले एशियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छिन्। चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसंग पराजित भएकी गुरुङले रजत पदक जितेकी हुन्।

च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पक्का गरेकी थिइन्।

उनले प्राप्त गरेको रजत ऐतिहासिक हो। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।

एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकि थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।

प्रतिक्रिया