आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोपमा एक विवाहित शिक्षिका पक्राउ परेकी छिन् । लकहार्ट हाइस्कूल टेक्सासकी शिक्षिका २७ वर्षीया साराह फोल्केसमाथि १७ वर्षीय विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोप लगाइएको हो । उनले २० वर्षसम्म जेल सजाय भोग्नुपर्ने बताइएको छ ।
प्रहरीले पक्राउ गरेर खिचेको तस्विरमा समेत उनी हाँसिरहेको देखाइएको छ । स्कूलमा बायोलोजीको शिक्षिका रहेकी उनले सन् २०१४ को अक्टुबरले पढाउन शुरु गरेकी थिइन् । आफ्नो जन्मदिनकै दिन उनलाई पक्राउ गरी काडवेल काउन्टी जेलमा पठाइएको छ ।
हाउसटन क्रोनिकलका अनुसार स्कूलका व्यवस्थापनले शिक्षिका र विद्यार्थीबीचको अनैतिक सम्बन्धको बारेमा प्रहरीलाई मार्च १० मा रिपोर्ट गरेका थिए । प्रहरीका अनुसार दुईबीच आदानप्रदान हुने मेसेज प्रहरीले फेला पारीसकेको छ ।
‘उनीहरुबीच शारीरिक सम्बन्ध पनि थियो,’ प्रहरीले बताएको छ ।शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई दोस्रो गम्भिर अपराध मानिन्छ जसका लागि आरोपीले २० वर्षसम्मको सजाय भोग्नुपर्छ ।
सन् २०१३ देखि वैवाहिक जीवन बिताइरहेकी फोल्केसलाई विद्यालयले निलम्बन गरिसकेको छ ।