क्रिकेटर सन्दिप लामिछानेविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

क्रिकेटर सन्दिप लामिछानेविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ असोज २०८१
  • 4.5K
    Shares

क्रिकेटर सन्दिप लामिछाने

पोखरा,६ असोज २०८१।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

अब क्रिकेटर सन्दिप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दिपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र सन्दिप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया शुरु हुन्छ । उच्च अदालत पाटनले सन्दिपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।

प्रतिक्रिया