घरमै नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

घरमै नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ चैत्र २०७३
  • 20.1K
    Shares

घरमै नक्कली लाइसेन्स बनाउने गिरोहका दुई सदस्यलाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको छ । सरकारी होलोग्राम र निशाना छाप प्रयोग गरी नक्कली लाइसेन्स बनाउने गिरोहका दुईजना पनि प्रहरीको नियन्त्रणमा आएका छन् ।
महानगरीय प्रहरी परिसर जावलाखेलले नक्कली लाइसेन्सको कारोबार गर्दै आएका दुई व्यक्तिलाई पक्राउ गरेको छ। परिसरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधबार एक सय ९० थान होलोग्राम, एक सय १५ प्रति नक्कली लाइसेन्स, एक प्रिन्टर सहित कार्यविनायक भनिमण्डल र भैसेपाटीबाट पक्राउ गरेको हो।

आरोपीले यातायात व्यवस्था विभागको नक्कली छाप र अधिकृतको नक्कली दस्तखतसहितको वैदेशिक रोजगारमा जाने व्यक्तिको लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कार्यविनायक सिद्धिपार्कका अनिल कुमार पाख्रिन र ललितपुर महानगरपालिकास्थित भनिमण्डलमा बस्ने गणेश वहादुर गोले छन्। आरोपीले यातायात व्यवस्था विभागको नक्कली छाप र अधिकृतको नक्कली दस्तखतसहितको वैदेशिक रोजगारमा जाने व्यक्तिको लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ।

सामान्य र कानूनी प्रक्रियाबाट सवारी चालक अनुमति पत्र लिनसजिलो छैन । यातायात कार्यलयदेखि ट्राफिक प्रहरीसम्मले लाइसेन्स लिन निकै कडाइ गरिरहेको बताउने गरेको छ ।
तर तिनै निकायको आँखै अगाडि सरकारी होलोग्राम र निशाना छाप प्रयोग गरी नक्कली लाइसेन्स बनाउने गिरोह फेला परेको छ । ‘आरोपी पेसेवर रुपमै नक्कली लाइसेन्स बनाउँदै आएका छन्,’ परिसरका एसपी अशोक सिंहले भने, ‘एक हजारदेखि २० हजारसम्म पैसा असुलेर अक्कली लाइसेन्स बनाउँदै आएको पाइयो ।’ उनका अनुसार गशेण वहादुर गोलेलेले बोकेको नक्कली लाइसेन्सबाट प्रमाण खुलेको थियो।

आरोपीले यातायात व्यवस्था विभागका कर्मचारीसँग मिलोमतो गरी लाइसेन्स कारोबार गर्दै आएको हुनसक्ने प्रहरीको भनाई छ । यसबारे थप अध्ययन थालेको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ पर्यो गिरोह
ललितपुर प्रहरी परिसरले भनिमण्डलस्थित यातायात कार्यलय वरीपरी सादा पोशाकमा प्रहरी परिचालन गरी यातायात कार्यालयमा दलाली गर्नेहरुलाई निगरानी गरेको थियो । यातायात कार्यलय छेउमा एक मोटरसाइकल संकास्पद अवस्थामा देखियो । सादा पोशाकमा खटिएका प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिँदै चालक गणेश बहादुर गोलसँग कागजपत्र मागे ।

उनले मोटरसाइकलको ब्लुुबुक र लाइसेन्स दिए । उनको हाउभाउ संकास्पद लागेर प्रहरीले उनको लाइसेन्सको आधिकारिकता खोज्दै जाँदा ०६६-८२७९२६ नम्बरको उनको लाइसेन्स र यातायात कार्यालयमा त्यस नम्बरको लाइसेन्स अर्कैका लागि जारी भएको पाइयो ।

त्यसपछि नक्कली लाइसेन्स बनाउने गिरोह प्रहरीको फन्दामा परे । सिन्धुलीका गोलेको साथबाट बरामद भएको लाइसेन्स नक्कली भएको प्रमाणित भएपछि ललितपुर परिसरले अनुसन्धान अगाडि बढाएको थियो ।

गोलेकै बयानका आधारमा प्रहरीले सिन्धुलीकै अनिल कुमार पाखि्रन भनिमण्डलबाट पक्राउ गर्‍यो । ललितपुर परिसरका एसपी अशोक सिंहका अनुसार पाख्रिनले नै गोलेको नक्कली लाइसेन्स बनाइदिएका थिए ।

मोटरसाइकलदेखि ठूला गाडीसमेत चलाउन पाउने अनुमति भएको लाइसेन्स बनाएका गोलेले पाख्रिनका लागि ग्रहक खोज्ने जिम्मेवारी लिएको प्रहरीले जनाएको छ ।

घरमै लाइसेन्सको कारोवार

एसपी सिंहका अनुसार पाख्रिन लेखापढीको काम गर्ने मान्छे हुन् । तर उनले विगत ६ महिनादेखि नक्कली लाइसेन्सको धन्दा चलाउँदै आएको भेटिएको छ ।

प्रहरीले उनको डेरामा छापा मारेर विभिन्न व्यक्तिको नाममा बनाइएको नक्कली लाइसेन्स ६ थान, त्यसमा पनि प्रयोग हुने सरकारी होलोग्राम १ सय ९० थान र खाली लाइसेन्स १ सय १५ थान बरामद गरेको छ ।

‘यिनले घरमै पि्रन्टरदेखि, सरकारी छाप र होलोगा्रमसमेत राखेर लाइसेन्स बनाइदिने रहेछन् ।’ एसपी सिंहले भने, ‘डिजाइन पनि आफैं गर्ने भएकोले सरकारी होलोग्राम सक्कली हो कि नक्कली खुलेको छैन हामी अनुसन्धान गर्दैछौं ।’

प्रहरीका अनुसार मोटरसाइकलको १ हजारदेखि ठूला गाडीको १५ हजारसम्म असुल गरेर नक्कली लाइसेन्स बनाइदिने गरेको बयानबाट खुलेको छ ।

यही गिरोहले बाग्मती बाहेक अन्य अञ्चलको नाममा पनि लाइसेन्स बनाएको भेटिएको छ । पाखि्रनको साथबाट लाइसेन्स डिजाइन गर्ने कम्प्युटर पनि बरामद भएको छ ।

सरकारी होलोग्राम यातायात कार्यलयबाटै बाहिरएको हुनसक्ने प्रहरीको आशंका छ । यो गिरोहमा पाखि्रनलाई साथ दिने अन्य केही व्यक्तिहरुको पनि पहिचान भैसकेको एसपी सिंहले बताए । नक्कली लाइसेन्स बनाउने गिरोह यातायात कार्यलय आपासमै बढी सक्रिय भएकोले कारवाहीलाई तीव्र बनाउने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार