नायिका अरुणिमा लम्सालले कांग्रेस नेता श्रेष्ठसंग गरिन्, दोश्रो बिबाह

नायिका अरुणिमा लम्सालले कांग्रेस नेता श्रेष्ठसंग गरिन्, दोश्रो बिबाह


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ भाद्र २०८१
  • 11.8K
    Shares

अरुणिमा लम्सालको कांग्रेस नेता युवराज श्रेष्ठसंग बिबाह

पोखरा, ३ भदौ २०८१ ।

अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी छिन्। सुनसरी जिल्लास्थित नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत रहेका श्रेष्ठसंग नायिका लम्सालले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहे गरेकी हुन्।

केहीदिनअघि सुनसरी जिल्ला अदालतमा अदालती बिबाह गरेका उनीहरुको उक्त बिह्जे समारोहमा परिवार र निकट आफन्तको उपस्थिति थिए।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो। यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् ।

सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भएका थिए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।

अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी थिइन्। नेपाल आएर उनी परिवारसँग घुमघाम गरिरहेकी थिइन् । उनी विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।

प्रतिक्रिया