पोखरा, २१ साउन २०८१।
गायिका रचना रिमाल अमेरिका उडेकी छिन्। अमेरिकामा आयोजित एक कार्यक्रमामा सहभागी हुन गायिका रचना रिमाल आज अमेरिका उडेकी हुन्।
उनले आफ्नो फेसबुक स्टाटसमार्फत आफु उड्दै गरेको आफ्ना शुभचिन्तक, आफन्त र परिवारजनलाई जानकारीदिएकी छिन। उनले दिएको जानकारी अनुसार , अमेरिकामा हुने ५५ दिन लामो ‘अब नाच्छ अमेरिका’ सांगीतिक कार्यक्रमका लागि सोमबार अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।
उनी अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिनेछिन् । उनले अमेरिका आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्रा रहेको पनि जानकारी दिएकी छन् ।
“केही वर्ष अघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षापश्चात् वैदेशिक रोजगारीका लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरूकै कारणले आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्राको क्रममा छु,” फेसबुकमा रचनाले भनेकी छन् ।