बाबुले कुकुर मारिदिएपछि कावासोतीमा रक्सीले मातेका बाबुलाई आफ्नै छोराले हत्या गरे

बाबुले कुकुर मारिदिएपछि कावासोतीमा रक्सीले मातेका बाबुलाई आफ्नै छोराले हत्या गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ साउन २०८१
  • 3.2K
    Shares

पोखरा, २ साउन २०८१।

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । कावासोती – ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान ११ बजेतिर आफ्नै ४३ वर्षीय बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

मृतक प्रेम बहादुरले मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको रिसमा छोरा निराजनले ढुङ्गाले प्रहार गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मादक पदार्थ सेवन गरेका बुबा प्रेमबहादुरले घरमा पालेको कुकुरलाई पिट्दा मृत्यु भए पछि भएको झगडामा छोरा निराजनले बुबा प्रेमबहादुरलाई टाउकोमा ढुंगाले हानेको प्रहरीले जानकारी दिएको छ। छोराको कुटाइबाट प्रेमबहादुरको घटनास्थलमै मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।

उक्त घटनापश्चात प्रहरीले बुबाको हत्या गरेको आरोपमा निराजन कुमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उक्त घटना सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार