पोखरामा कालीखोलाले बगाउँदा ७२ वर्षीय वृद्धको मृत्यु

पोखरामा कालीखोलाले बगाउँदा ७२ वर्षीय वृद्धको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ असार २०८१
  • 6.7K
    Shares

पोखरा १६ जोगिमणिस्थित कालीखोला

पोखरा, २९ असार २०८१/

पोखरामा खोलाले बगाउँदा ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमणिस्थित कालीखोलाले बगाउँदा स्थानीय ७२ वर्षीय सार्की तामाङको मृत्यु भएको हो।

पोखरा १६ का वडाध्यक्ष अमृत प्रसाद तिमिल्सिनाका अनुसार, खोलामा बगेको देखेपछि स्थानीय बासिन्दाहरुले प्रहरीले खबर गरेका थिए। स्थानीय बासिन्दाले खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा तामाङको शब निकालेको थियो।

उनको शबलाई पोस्टमार्टमका लागि साबिकको प्रश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

लाई खोलाले

प्रतिक्रिया
सम्बन्धित समाचार