पोखरा, २८ असार २०८१/
गएराती पोखरामा पहिरोले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौर तल्लाकेट ठाटीमा गएराती १० बजे घर माथिबाट आएको पहिरोले स्थानीय कुल बहादुर परियारको घर पुरिएको छ।
पहिरोले परियारको घर पुरिंदा उनको परिवारका छ जनाको मृत्यु भएको नेकपा एमालेका नेता दिपक पौडेलले जानकारी दिएका छन्। घटनाको बारेमा बिस्तृत विवरण आउन बाँकी छ। सांकेतिक फाइल चित्र