मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या : फार्ममा काम गर्ने श्रीमान्-श्रीमती बेपत्ता

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या : फार्ममा काम गर्ने श्रीमान्-श्रीमती बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 3.7K
    Shares

पोखरा, २७ असार २०८१/

मोरङमा एक जना कुखुरा फार्मका संचालकको फार्मभित्रै बिभत्स तरीकाले हत्या भएको छ। जिल्लाको सुन्दरहरैँचा नगरपालिका–९ मा कुखुरा फारम संचालन गर्दै आएका स्थानीय ४९ वर्षीय सहदेव बजगाईंको फार्मभित्रै हत्या गरिएको हो।

उनको शब घरनजिकै संचालित कुखुरा फार्मभित्र बिहीबार बिहान करिब साढे १० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। उनको
टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको प्रहरीले जानकारी दिएको छ।

मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए। घटनाको प्रकृति र घटनास्थलको अवस्था हेर्दा हत्या नै भएको प्रष्ट हुने उनको भनाइ छ । यद्यपि, हत्यामा संलग्नको पहिचान भएको छैन । घटनास्थलबाट रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको एसपी कार्कीले बताए।

बजगाईंले कुखुरा फार्ममा काम गर्नका लागि राखेका एक दम्पती उक्त घटनापश्चात बेपत्ता रहेका प्रहरीले बताएको छ। फार्मभित्रै फार्म संचालक बजगाईंको शव फेला परेको भए पनि काम गर्न राखिएको भनिएका दम्पती त्यहाँ नभेटिएको उनले बताए । घटनास्थलमा नभेटिएका कारण हत्या उनीहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरिक्षक तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी तीव्र पारेको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जानकारी बस्नेतले दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार